पोउवासंघ महाधिवेशन: भ्रमित नहुन पोखरेल प्यानलको मतदातालाई आग्रह

पाेखरा | भदौ १९, २०८१

पोउवासंघ महाधिवेशन: भ्रमित नहुन पोखरेल प्यानलको मतदातालाई आग्रह

पोखरा:   पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् । 


यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ । 


खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो । 


टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् । 

 


ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू,  विज्ञप्तीमा भनिएको छ ।
 

अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ । 


निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्